Below Menu
Below Menu

जीवन बीमा कम्पनीको व्यापार ३५ अर्बमाथि, दुई कम्पनी पुगेनन् अर्ब क्लबमा 

जीवन बीमा कम्पनीको व्यापार ३५ अर्बमाथि, दुई कम्पनी पुगेनन् अर्ब क्लबमा 

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनामा कम्पनीहरुले ३५ अर्बमाथिको व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौं मसान्तसम्म कम्पनीहरुले ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँ बराबरको व्यापार गरेका हुन् । यस अवधिमा कम्पनीहरुले एक करोड १४ लाख ५० हजार ४७७ बीमालेख जारी गरी उक्त रकम बराबरको बीमाशूल्क संकलन गरेका हुन् ।

भदौं मसान्तसम्म आइपुग्दा सर्वाधिक बीमा व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले १६ हजार ४२ हजार २३९ बीमालेख बिक्री गरी छ अर्ब ९ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।

प्राधिकरणका अनुसार यस अवधिमा नेशनल लाइफले १३ लाख ७१ हजार १० बीमालेख जारी गरी तीन अर्ब ९८ करोड २७ लाख ६७ हजार रुपैयाँको व्यापार गरेको छ भने सूर्यज्योति लाइफले दुई अर्ब एक करोड ५२ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ ।

त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले ६ लाख ९२ हजार ८८ बीमालेख जारी गरी तीन अर्ब ३९ करोड ४२ लाख ४८ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ भने हिमालयन लाइफले तीन अर्ब १७ करोड २३ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ । 

प्राधिकरणका अनुसार राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच लाख ९४ हजार ३५८ बीमालेख जारी गरी चार अर्ब ८ करोड तीन लाख ४५ हजार रुपैयाँ बराबरको व्यापार गर्दा मेट लाइफले एक अर्ब ५ करोड ४९ लाख ६४ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यस्तै एशियन लाइफले एक अर्ब ४८ करोड ४२ लाख ९३ हजार रुपैयाँ बराबरको व्यवसाय गर्दा आईएमई लाइफले एक अर्ब ८ करोड ५८ लाख रुपैयाँ र सानिमा रिलायन्स लाइफले एक अर्ब २० करोड ४२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

भदौं मसान्तसम्म आइपुग्दा रिलायबल नेपाल लाइफले एक अर्ब एक करोड ४० लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै यस अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सले एक अर्ब ५० करोड १३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

त्यस्तै भदौं मसान्तसम्म सन नेपाल लाइफले ६० करोड ६६ लाख ५१ हजार र प्रभु महालक्ष्मी लाइफले ९६ करोड ९८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

लघुबीमाको व्यापार साढे १५ करोडमाथि 

प्राधिकरणका अनुसार लघुबीमा कम्पनीहरुले पनि व्यवसाय विस्तारमा तीव्रता दिइरहेका छन् । भदौं मसान्तसम्म कम्पनीहरुले १८ लाख ९४ हजार २३९ बीमालेख जारी गरी १५ करोड ६४ लाख ९१ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले पाँच करोड ६३ लाख रुपैयाँ, केष्ट माइक्रो लाइफले पाँच करोड ६३ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले चार करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुलबाट २५ लाख ९२ हजार ५५ बीमालेख जारी गरी ५८ करोड ३८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । 

Advertisment

थप समाचार