Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ? 

सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज ८ गते बुधबार प्रतितोला एक हजार तीन सय रूपैयाँले बढेर तोलामा दुई लाख २३ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा  ७० रूपैयाँले बढेको छ। 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ८१० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ७४० रूपैयाँमा कारोबार भएको थियो। 

Advertisment

थप समाचार