Below Menu
Below Menu

लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो साधारणसभा, अग्राधिकार शेयर पनि जारी गर्ने

लाभांश पारित गर्न सानिमा बैंकले डाक्यो साधारणसभा, अग्राधिकार शेयर पनि जारी गर्ने

काठमाडौं : सानिमा बैंक  लिमिटेडले  कात्तिक २ गते, आइतबार, २१ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

उक्त सभा आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको  ७=३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यस्तै, सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले दुई अर्ब रुपैयाँबराबरको ‘८.२५ प्रतिशत सानिमा अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले गरेको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार भदौ २६ गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Advertisment

थप समाचार