दशैंको अवसरमा असोज १७ गतेसम्म मनकामना केबलकार बन्द हुने

दशैंको अवसरमा असोज १७ गतेसम्म मनकामना केबलकार बन्द हुने

काठमाडौं : दशैंको अवसरमा मनकामना केबलकार सेवा अस्थायी रूपमा बन्द हुने भएको छ ।

यस वर्षको महानवमी (असोज १५ गते, अक्टोबर १), विजया दशमी (असोज १६ गते), अक्टोबर २) तथा एकादशी (असोज १७ गते, अक्टोबर ३) गतेसम्म केबलकार सेवा सञ्चालन नहुने मनकामना केबलकार प्रालिले जानकारी दिएकाे हो । 

यस अवधिमा सेवाग्राहीहरूलाई असुविधा हुन सक्ने भएकाले कम्पनी क्षमाप्रार्थी रहको जनाएको छ । नियमित सेवा असोज १८ गते (अक्टोबर ४), शनिबारदेखि पुनः सुचारु हुने जानकारी दिएको छ । 

कम्पनीले यात्रुहरूलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । यस अवसरमा मनकामना केबलकार परिवारले सम्पूर्ण सेवाग्राही, व्यवसायिक साझेदार र शुभेच्छुकहरूलाई विजयादशमी तथा बडादशैंको पावन अवसरमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि हार्दिक मंगलकामना व्यक्त गरेको छ । 
 

थप समाचार