ट्रम्प र नेतन्याहूबीच गाजामा युद्धविराम गर्ने सहमति

ट्रम्प र नेतन्याहूबीच गाजामा युद्धविराम गर्ने सहमति

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गाजामा युद्धविराम गर्ने सहमति भएको छ । 

नेतन्याहू र र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वाशिङ्टनमा भेटवार्ता भएको थियो। त्यसपछि दुवै नेताले पत्रकार सम्मेलन गरेर सम्झौता बारेमा जानकारी दिएका हुन्। ट्रम्पले युद्धविरामका लागि २०-बुँदे योजना तयार गरेका छन्। नेतन्याहूले सम्झौतापछि भने, ‘गाजामा एक शान्तिपूर्ण प्रशासन हुने छ। हमासका सबै हतियार हटाइने छन् र इजरायल क्रमिक रूपमा गाजाबाट पछि हट्ने छ।’

साथै उनले चेतावनी दिंदै भने यो काम सजिलो तरिकाले सम्झौताका माध्यामबाट पनि हुनसक्ने र नभए कठिन तरिकाले भए पनि अवश्य पूरा गर्ने बताए। उनले भने, ‘यदि हमासले यो योजना मान्दैन भने इजरायलले आफैं यो काम पूरा गर्ने छ।’

ट्रम्पले तयार गरेका २० बुँदा

पत्रकार सम्मेलनमा डोनाल्ड ट्रम्पले गाजामा युद्ध रोक्ने, सबै बन्दीहरूलाई मुक्त गर्ने र प्रशासन सञ्चालनका लागि अस्थायी बोर्ड बनाउने प्रस्ताव प्रस्तुत गरेका छन्। यो बोर्डको अध्यक्षता ट्रम्प स्वयंले गर्नेछन् भने पूर्व ब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर पनि सहभागी हुने छन्। यस्ता छन् २० बुँदा

तुरुन्त युद्धविराम:  इजरायल र हमासबीच सहमति हुनासाथ गाजामा युद्ध बिराम।

इजरायलको फिर्ती: सहमति अनुसार इजरायली सेना विस्तारै गाजाबाट बाहिरिने छ।

बन्दीहरूको रिहाइ:  हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दीहरू (जीवित र मृत दुवै) छोड्नु पर्ने।

कैदीहरूको रिहाइयुद्ध सकिएपछि इजरायलले गाजामा आजीवन कारावास काटिरहेका २५० जना र अन्य १७०० कैदीलाई छोड्ने छ।

शवको आदानप्रदानप्रत्येक मृत इजरायली कैदीका बदलामा १५ जना मृत प्यालेस्टिनी कैदीहरूको शव फर्काइने छ।

गाजालाई आतंकमुक्त बनाइनेगाजाबाट हमासका सबै संरचना र हतियार हटाइने छन्।

हमास प्रशासनमा हुने छैनहमास र अन्य लडाकुहरू गाजा सरकारमा सहभागी हुने छैनन्।

अन्तरिम प्रशासन समिति:  योग्य व्यक्तिहरू समावेश हुने अस्थायी प्राविधिक समिति गाजामा प्रशासन चलाउने छ।

शान्ति बोर्ड गठन:  बोर्डको अध्यक्षता अमेरिकी राष्ट्रपति ट्रम्पले गर्नेछन्, जसमा बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र अन्य देशका नेताहरू रहने छन्।

पुनःनिर्माण योजनाबोर्डले गाजाको विकास र पुनर्निर्माणको योजना तयार पार्नेछ र यसको खर्च व्यहोर्ने छ।

मानवीय सहयोगगाजालाई तत्काल पर्याप्त मानविय सहयोग उपलब्ध गराइने छ।

विशेष व्यापार क्षेत्र:  गाजामा विशेष व्यापारिक क्षेत्र खोलिनेछ, जसले रोजगार बढाउने छ।

जनताको स्वतन्त्रता कसैलाई गाजा छोड्न वा फर्कन रोकिने छैन।

सुरक्षा बल तैनाथीअन्तर्राष्ट्रिय सुरक्षा फौज गाजामा सुरक्षाको जिम्मेवारी लिने छ।

प्रहरी तालिमअन्तर्राष्ट्रिय फौजले गाजाको प्रहरीले तालिम र सहयोग पाउने छ।

सीमा सुरक्षा:  इजरायल र इजिप्टको सीमामा सुरक्षा बलियो बनाइने छ।

लडाइँ बन्द युद्ध रोकिएपछि हवाई हमला र गोलाबारी तत्काल रोकिनेछ।

मानव अधिकार सुनिश्चित:  अन्तर्राष्ट्रिय संस्थाहरूले गाजामा सहयोग र सुरक्षाको निगरानी गर्ने छन्।

शान्ति वार्ता: इजरायल र प्यालेस्टिनबीच शान्तिका लागि संवाद सुरु हुने छ।

भविष्य योजनागाजामा स्थायी शान्ति, विकास र राम्रो जीवन सुनिश्चित गर्ने यस प्रस्तावको मूल उद्देश्य हुने छ।

उक्त २० वुँदे जानकारी दिएपछि ट्रम्प र नेतान्याहूले प्रेस सम्मेलनमा पत्रकारहरूको प्रश्न भने लिएनन्। ट्रम्पले भने, ‘अहिले कागजातमा हस्ताक्षर नभएसम्म र सबै कुरा पक्का नभएसम्म प्रश्न लिन उपयुक्त हुँदैन।’

ट्रम्पले नेतान्याहूलाई सोधे, ‘के तपाईं केही इजरायली पत्रकारहरूको प्रश्न लिन चाहनुहुन्छ?’ यसमा नेतान्याहूले भने ‘म तपाईंको निर्णयमा विश्वास गर्छु।’ त्यसपछि पत्रकारहरूले प्रश्न सोध्न थाले तर दुवै नेताहरूले हात मिलाए र त्यहाँबाट निस्किए।

थप समाचार