दशैँमा नोटको जतन गर्न सर्वसाधारणलाई राष्ट्र बैंकको आग्रह

दशैँमा नोटको जतन गर्न सर्वसाधारणलाई राष्ट्र बैंकको आग्रह

काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैँको अवसरमा नोटको जतन गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

चाडपर्वमा टीका र जमरासँगै दक्षिणाका रूपमा नोटको प्रयोग गर्दा जिम्मेवारीपूर्वक र होसियारीपूर्वक प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको हो।

राष्ट्र बैंकको नीतिअनुसार सफा र सुकिला बैंकनोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले यो आग्रह गरिएको हो।

दशैंमा नोट जतनका लागि राष्ट्र बैंकले नोट च्यात्ने, भिजाउने वा फोहोर नबनाउने, जल, चन्दन, अक्षता, अबिर जस्ता सामग्रीहरू नोटमा नलगाउने र नोटलाई सफा र सुक्खा ठाउँमा सुरक्षित राख्ने भनेको छ। 

राष्ट्र बैंकले विजया दशमी २०८२ हर्षोल्लासका साथ मनाउँदै गर्दा नोटको जतन गर्नु हाम्रो कर्तव्य भएको स्मरण गराएको छ। साथै, दक्षिणा दिँदा सम्भव भएसम्म डिजिटल माध्यमको प्रयोग गर्न समेत प्रोत्साहित गरेको छ।

थप समाचार