सुनको मूल्य ऐतिहासिक बिन्दुमा, एकैदिन तोलामा सात हजार ४०० रुपैयाँले बढ्यो 

सुनको मूल्य ऐतिहासिक बिन्दुमा, एकैदिन तोलामा सात हजार ४०० रुपैयाँले बढ्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज १२ गते आइतबार प्रतितोला सात सय रूपैयाँले बढेर तोलामा दुई लाख २३ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात हजार चार सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १२० रूपैयाँले बढेको छ। 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ९३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

असोज १२ गते आइतबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ८१० रूपैयाँमा कारोबार भएको थियो। 

थप समाचार