Below Menu
Below Menu

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ३३ हजार नाघ्यो 

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ३३ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज १९ गते आइतबार प्रतितोला सात हजार चार सय रुपैयाँले बढेर तोलामा दुई लाख ३० हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रूपैयाँले बढेको छ। 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ९६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ९३० रूपैयाँमा कारोबार भएको थियो। 

Advertisment

थप समाचार