Below Menu
Below Menu

बाढी-पहिरोका कारण सान्भि इनर्जीका दुई जलविद्युत आयोजनामा ठूलो क्षति, विद्युत उत्पादन ठप्प

बाढी-पहिरोका कारण सान्भि इनर्जीका दुई जलविद्युत आयोजनामा ठूलो क्षति, विद्युत उत्पादन ठप्प

काठमाडौं : देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ईलाम जिल्लामा रहेका सान्भि इनर्जी लिमिटेडका दुई जलविद्युत आयोजनामा ठूलो भौतिक क्षति पुर्‍याएको छ। क्षतिपछि दुवै आयोजनाबाट विद्युत उत्पादन कार्य पूर्ण रुपमा बन्द भएको कम्पनीले जनाएको छ।

नेपाल सरकार तथा सम्बन्धित निकायहरुबाट पूर्व सूचना गरिएको बर्षातको क्रममा मिति २०८२ असोज १८ र १९ गते देखि परेको पानीका कारण असोज १९ गते विहान करिव २ देखि ३ बजेको समयमा अनपेक्षित रुपमा पहिरो र बाढी आएको थियो।

यसबाट कम्पनीले निर्माण गरी सञ्चालन गरिरहेका जोगमाई खोला साना जलविद्युत आयोजना (७.६ मे.वा) र जोगमाई क्यासकेड जलविद्युत आयोजना (५.२ मे.वा) का भौतिक संरचनाहरुमा ठूलो मात्रामा क्षति पुगेको छ।

कम्पनीका अनुसार, खोलामा बाढी आउने क्रम पूर्ण रुपमा नरोकिएकाले क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको छ। दुवै आयोजनामा पुगेको क्षतिको पूर्ण मूल्याङ्कन भएपछि विस्तृत विवरण सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

Advertisment

थप समाचार