Below Menu
Below Menu

एशियन हाइड्रोपावर र सामलिङ्ग पावरका दुई जलविद्युत आयोजनामा क्षति, विद्युत उत्पादन ठप्प

एशियन हाइड्रोपावर र सामलिङ्ग पावरका दुई जलविद्युत आयोजनामा क्षति, विद्युत उत्पादन ठप्प

कामठाडौं : देशभर परेको अविरल वर्षाका कारण ईलाम जिल्ला र आसपासका क्षेत्रमा आएको भीषण बाढी र पहिरोले दुई छुट्टाछुट्टै जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। क्षतिपछि दुवै आयोजनाबाट विद्युत उत्पादन कार्य पूर्ण रुपमा बन्द भएको कम्पनीहरूले जानकारी दिएका छन्।

नेपाल सरकार र सम्बन्धित निकायहरूबाट पूर्व सूचना गरिएअनुसार मिति २०८२ असोज १८ गते देखि परेको लगातारको पानीका कारण असोज १९ गते बिहान करिब २ देखि ३ बजेको समयमा आएको अनपेक्षित पहिरो र बाढीले आयोजनाका संरचनाहरूमा व्यापक क्षति पुगेको हो।

बाढीका कारण एशियन हाइड्रोपावर लिमिटेड कम्पनीले निर्माण गरी सञ्चालन गरेको तल्लो जोगमाई खोला जलविद्युत आयोजना (६.२ मे.वा) को भौतिक संरचनाहरूमा ठूलो मात्रामा क्षति पुगेको छ।

त्यस्तै सामलिङ्ग पावर कम्पनी लिमिटेड कम्पनीले निर्माण गरी सञ्चालन गरेको माई बेनी जलविद्युत आयोजना (९.५१ मे.वा) को भौतिक संरचनाहरूमा पनि ठूलो क्षति भएको कम्पनीले जनाएको छ।

आयोजनाहरूले दिएको जानकारी अनुसार, बाढी आउने क्रम पूर्ण रुपमा नरोकिएकाले क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको छ। हाल यी दुवै आयोजनाबाट विद्युत उत्पादन पूर्ण रुपमा बन्द रहेकोले यसको असर राष्ट्रिय ग्रीडमा समेत पर्ने देखिएको छ। विस्तृत क्षतिको मूल्याङ्कन भएपछि थप जानकारी दिइने कम्पनीहरूले बताएका छन्।

Advertisment

थप समाचार