सुनको मूल्य एकैदिन २३ सयले बढेर ऐतिहासिक बिन्दुमा, प्रतितोला दुई लाख ३५ हजार नाघ्यो 

सुनको मूल्य एकैदिन २३ सयले बढेर ऐतिहासिक बिन्दुमा, प्रतितोला दुई लाख ३५ हजार नाघ्यो 

काठमाडौं :  नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज २० गते सोमबार प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेर तोलामा दुई लाख ३३ हजार १०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ९६० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ९६० रूपैयाँमा कारोबार भएको थियो। 

थप समाचार