Below Menu

नौ महिनामा भित्रिए सवा आठ लाख विदेशी पर्यटक, सेप्टेम्बरमा आए ७८ हजार ७११ जना  

नौ महिनामा भित्रिए सवा आठ लाख विदेशी पर्यटक, सेप्टेम्बरमा आए ७८ हजार ७११ जना  

काठमाडौं : सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्टमा १८.३ प्रतिशत पर्यटक कम भएको देखिएको हो । सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल आएका थिए । 

Sponsored Advertisement

बोर्डको तथ्यांक अनुसार भारतबाट १५ हजार ५५६ अर्थात १९.८ प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट ५ हजार २३७ अर्थात ६.७ प्रतिशत, अमेरिकाबाट ९ हजार ६७९ अर्थात १२.३ प्रतिशत, अष्ट्रेलियाबाट छ हजार ८२४ अर्थात ८.७ प्रतिशत र बेलायतबार ४ हजार ९८१ अर्थात् ६.३ प्रतिशत पर्यटक भित्रिएका छन् । 

सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ८ महिनाको अवधिमा आठ लाख १५ हजार २७३ पर्यटक भित्रिएका छन् ।

बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलकबाट २४ हजार २८५ पर्यटक अर्थात ३०.९ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १२ हजार ५९० अर्थात् १६ प्रतिशत, युरोपबाट १६ हजार ५९७ अर्थात २१.१ प्रतिशत र ओसनियाबाट सात हजार ३१४ अर्थात ९.३ प्रतिशत पर्यटक भित्रिएका छन् ।

त्यसैगरी अमेरिकाबाट ११ हजार ५२३ अर्थात १४.६ प्रतिशत, मध्यपूर्वबाट दुई हजार ३२८ अर्थात ३ प्रतिशत, अफ्रिकाबाट ३४४ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट ३ हजार ७३० अर्थात् ४.१७ प्रतिशत पर्यटक आगमन भएको छ ।

Sponsored Advertisment

थप समाचार