काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनका लागि ५.५३ प्रतिशतका दरले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।
Advertisment