सुनको मूल्यमा दैनिक रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ३८ हजार पुग्यो 

सुनको मूल्यमा दैनिक रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ३८ हजार पुग्यो 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज २१ गते मंगलबार प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर तोलामा दुई लाख ३५ हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ६०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ९५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ९६० रूपैयाँमा कारोबार भएको थियो। 

थप समाचार