काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई मनिचेञ्जरहरुको लाइसेन्स रद्द गरेको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहिबार एक सूचना जारी गर्दै युनियन करेन्सी एक्सचेञ्ज प्रालि मित्रनगर र केटीएम ओम मनि एक्सचेञ्ज प्रालि ठमेलको लाइसेन्स रद्द गरिएको जनाएको हो ।
उक्त कम्पनीहरुले राष्ट्र बैंकको तोकेको समयमा (म्याद समाप्त भएको मितिले ३ महिना भित्र) नवीकरण नगरेपछि लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।
Advertisment