Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ३९ हजार नाघ्यो 

सुनचाँदीको मूल्यमा निरन्तर रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ३९ हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज २२ गते बुधबार प्रतितोला दुई हजार ६०० रुपैयाँले बढेर तोलामा दुई लाख ३८ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ७० रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ९५५ रूपैयाँमा कारोबार भएको थियो। 

Advertisment

थप समाचार