Below Menu
Below Menu

पञ्चकन्या माई हाइड्रोपावरको माई–सी आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु, अप्पर माई मर्मतमै

पञ्चकन्या माई हाइड्रोपावरको माई–सी आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु, अप्पर माई मर्मतमै

काठमाडौं : पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा इलाममा प्रवर्द्धन गरिएका दुई जलविद्युत आयोजनामध्ये माई–सी जलविद्युत आयोजना (५.१ मे.वा) बाट विद्युत उत्पादन पुनः सुरु भएको छ।

मिति २०८२ असोज १७ र १८ गतेको भारी वर्षात् र माई खोलामा आएको बाढी तथा पहिरोले दुवै आयोजनामा क्षति पुर्‍याएपछि असोज १८ गते साँझ ९स्४५ बजेदेखि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको थियो।

कम्पनीले दिएको जानकारीअनुसार, बाढीबाट क्षति पुगेको माई–सी जलविद्युत आयोजना (५.१ मे.वा) को पावर हाउस र हेडवर्क्समा आवश्यक मर्मत सम्भार सम्पन्न भएसँगै मिति २०८२ असोज २३ गते बिहान ९ः३५ बजेबाट प्लान्ट सञ्चालनमा आई विद्युत उत्पादन सुचारु भएको छ।

अर्को आयोजना, अप्पर माई जलविद्युत आयोजना (९.९८ मे.वा) को हेडवर्क्स र सिभिल संरचनाहरूमा पनि क्षति पुगेको थियो। यस आयोजनाको क्षतिको मर्मत सम्भार कार्य भने जारी रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, अप्पर माई आयोजनाको प्लान्ट दुईदेखि तीन दिनभित्र सञ्चालनमा आउन सक्ने अवस्था रहेको छ। कम्पनीले हाल प्लान्ट सञ्चालनलाई नै महत्व दिँदै मर्मत कार्य अगाडि बढाएको र अन्य सिभिल संरचनाहरूमा प्लान्ट सञ्चालन अवस्थामा पनि मर्मत गर्न सकिने जानकारी गराएको छ।

Advertisment

थप समाचार