Below Menu
Below Menu

सेन्चुरी इनर्जीको लाभांश घोषणा, लगानीकर्तालाई ३५ प्रतिशत लाभांश

सेन्चुरी इनर्जीको लाभांश घोषणा, लगानीकर्तालाई ३५ प्रतिशत लाभांश

काठमाडौं : सेन्चुरी इनर्जी लिमिटेडले ३५ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को कम्पनीको नाफाबाट हालको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। 

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १५ गते काठमाडौंमा बिहान साढे ८ बजे वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीको सभाले पुँजी संरचना परिवर्तन तथा पुँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने, हकप्रद सेयर वा जगेडा सेयर जारी गर्ने, सर्वसाधारणलाई कम्पनीको साधारण सेयर जारी गर्ने र सेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग सम्बन्धी छलफल गर्नेछ।

सभाले सञ्चालक समितिको अध्यक्षबाट आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ।

Advertisment

थप समाचार