काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला चार हजार २०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ६० रुपैयाँले बढेकाे छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहिबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार २५ रूपैयाँमा कारोबार भएको थियो।
Advertisment