Below Menu
Below Menu

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

काठमाडौं : तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज बनाउन काठमाडौं महानगरपालिकाले ३२ ओटा विक्री स्थल तोकेको छ । महानगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै फूल बजार व्यवस्थापन, विदेशी फूलको आयात नियमन तथा फूल बिक्री कक्ष सञ्चालनबारे जानकारी दिइएको हो ।

महानगरका अनुसार नयाँ बानेश्वर, चावहिल, माछापोखरी, कालिमाटी, स्वयम्भू, कमलादी, अनामनगर, टेवाल, सुन्धारा, न्यूप्लाजा लगायत ३० भन्दा बढी स्थानहरूमा नेपाली फूल तथा माला बिक्रीका लागि व्यवस्था मिलाइएको छ ।

फूल बिक्री कक्षमा स्थानीय किसान तथा व्यवसायीहरूले नेपाली फूल र माला बिक्री गर्न सक्नेछन् । यसबाट स्वदेशी उत्पादनको प्रवद्र्धन हुने विश्वास गरिएको छ ।

विभिन्न स्थानहरूमा जिम्मेवार व्यक्ति र सम्पर्क नम्बर तोकिएको छ, जसमा एन.बी. सेन्टर नयाँ बानेश्वरमा आकृति श्रेष्ठ आइप्लेक्स मलमा शिशिर पोखरेल, मध्य बानेश्वरमा सपना सिजापती, चावहिल गणेशस्थानमा अज्जव श्रेष्ठ, बत्तिसपुतलीमा सुरज थापा रहेका छन् ।

महानगर प्रहरी बलमार्फत आवश्यक सुरक्षाको समेत व्यवस्था मिलाइएको छ । सहजिकरणका लागि महानगर प्रहरी बलका सम्पर्क नम्बरहरू ०१–५९०१७६३, ०१–५९०१७६४ र मोबाइल ९८५१३५५५०९ सार्वजनिक गरिएको छ ।

विक्रवितरणको लागि निम्न स्थानहरु तोकिएको छ । 

एन. वि. सेन्टर नयाँ वानेश्वर 
बिग मार्ट: शंखमुल 
आइ प्लेक्स मल: नयाँ बानेश्वर 
सेल्स बेरी: मध्यबानेश्वर
फोनेक्स टावर: बत्तिसपुतली 
तिनकुने चौर: तिनकुने
सिफल चौर: सिफल
ए.सी. कम्लेक्स: चावहिल गणेशस्थान तरकारी बजार 
के. एल. टावर अगाडि, चावहिल
चावहिल सेन्टर अगाडि
स्वयम्भू: धर्म चक्र पार्क
कालिमाटी: कालिमाटी बाङ्गक्यूट
कालिमाटी धौखेल
कलंकी भाटभटेनी
नयाँ बजार: भ्याली कोल्ड स्टोर 
माछापोखरी: बुद्ध महल
माछापोखरी: गुणस्तर खाल्डो
हॉडिगाउँ: ५ वडा अगाडिको डबली 
हाँडिगाउँ: ५ वडा गणेश मन्दिर डबली
कोइराला स्मार्ट: २६ वडा सामाखुशी 
सेल्सबेरी: महाराजगञ्ज
गंगवु: विगमार्ट
चपलकारखाना: विगमार्ट
बालुवाटार: विगमार्ट
कमलादी: का.म.पा. २८ 
पुतली सडक: का.म.पा. २८ 
अनामनगर, का.म.पा. २९: भाटभटिनी
टेवाल मन्दिर परिसर
सुन्धारा काठमाडौं महल
का.म.पा. २८ अद्भुतमार्ग वडा कार्यालय बनाउने ठाउंमा
न्यूप्लाजा बग्र कम्लेक्स गुडमार्ट
 

Advertisment

थप समाचार