काठमाडौं : नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकबाट मिति २०७६ फागुन ११ गते कम्पनीलाई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरिएको थियो ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र ऐन, २०७५ को दफा १३(४) को व्यवस्थाबमोजिम नवीकरण नगरिएको जानकारी दिएको हो ।
उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत राष्ट्र बैंकले भएको छ ।
Advertisment