Below Menu
Below Menu

राष्ट्र बैंकद्वारा फस्ट पे टेक्नोलोजीको लाइसेन्स खारेज

राष्ट्र बैंकद्वारा फस्ट पे टेक्नोलोजीको लाइसेन्स खारेज

काठमाडौं : नेपाल राष्ट्र बैंकले फस्ट पे टेक्नोलोजी प्रालिलाई प्रदान गरेको भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र रद्द गरेको छ । 

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै फस्ट पे टेक्नोलोजीलाई प्रदान गरिएको लाइसेन्स भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा १३(६) को व्यवस्था बमोजिम रद्द गरिएको जनाएको हो । 

यसका साथै उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत राष्ट्र बैंकले भनेको छ । 

Advertisment

थप समाचार