काठमाडौं : नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शुक्रबार बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्षसुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा संचालक समितिका सदस्यहरु, शेयरधनी तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
सो सभाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने आठ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार १५ दशमलप ८९ रुपैयाँ प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
Advertisment