Below Menu
Below Menu

कुलमान घिसिङद्वारा विपद संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण, राहत पनि वितरण

कुलमान घिसिङद्वारा विपद संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण, राहत पनि वितरण

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र ईलामको स्थलगत निरिक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन्।

मन्त्री घिसिङसँगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरिक्षक चन्द्र कुबेर खापुङ्ग लगायतको टालीले प्रभावित क्षेत्रहरुको निरिक्षण एवम् प्रभावितलाई राहत वितरण गरेको थियो ।

गत असोज १७, १८ र १९ गते परेको भिषण वर्षाको कारण क्षति भएको मेची राजमार्ग अन्तर्गतका विभिन्न खण्डहरुको निरिक्षण गर्दै मन्त्री कुलमान घिसिङले जतिसक्दा छिटो राजमार्गलाई सुचारु गर्ने गरी सडक मर्मत तथा पुनः निर्माणको कार्य भईरहेको बताए।

साथै सरकारले विपद् पछिको राहत वितरण तथा पुर्नस्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तिनै तहका सरकारहरु मिलेर अगाडी बढाईने समेत बताए।

पहिरोका कारण ईलाम नगरपालिका वडा नम्बर १० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए । उक्त विस्थापित परिवारको अस्थाई आवासको निरिक्षण तथा राहत वितरण गर्दै मन्त्री कुलमान घिसिङले ‘सरकार तपाईहरुको साथमा छ पुर्नस्थापनाको रुपमा स्थाई संरचना निर्माण गर्ने कार्य तुरुन्त अघि बढाईने समेत बताउनु भयो’ ।

Advertisment

थप समाचार