Below Menu

मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

Sponsored Advertisement

असोज २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणासँगै बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ।

कम्पनीले कात्तिक २१ गते शुक्रबार सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा दिउँसो साढे ११ बजे सातौँ वार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ।

Sponsored Advertisment

थप समाचार