काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार १२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ८५ रूपैयाँमा कारोबार भएको थियो।
Advertisment