आजसम्म कायम शेयरधनीहरुले पाउँछन् सानिमा बैंकको लाभांश 

आजसम्म कायम शेयरधनीहरुले पाउँछन् सानिमा बैंकको लाभांश 

काठमाडौं : सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असोज २७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले बैंकको साधारण सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक २ गते, आइतबार, २१ औँ वार्षिक साधारण सभा बोलाएको छ।

उक्त सभा आम्रपाली बैङ्क्वेट, भाटभटेनी, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

यसका साथै सभाले ८.२५ प्रतिशत सानिमा अबिमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

थप समाचार