Below Menu
Below Menu

सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ४० हजार नाघ्यो 

सुनचाँदीको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला दुई लाख ४० हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज २३ गते बिहिबार प्रतितोला एक हजार २०० रुपैयाँले बढेर तोलामा दुई लाख ३९ हजार २०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ९५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार २२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

आइतबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार १२५ रूपैयाँमा कारोबार भएको थियो। 

Advertisment

थप समाचार