Below Menu
Below Menu

मुगुमा सुपथ मुल्य पसलबाट नौ सय ४० क्वीन्टल चामल बिक्री, साढे ६७ लाख बढी राजस्व संकलन 

मुगुमा सुपथ मुल्य पसलबाट नौ सय ४० क्वीन्टल चामल बिक्री, साढे ६७ लाख बढी राजस्व संकलन 

मुगु : नेपालीहरुको महान पर्व दशैँ र तिहारको अवसरमा हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मुल्य पसलबाट हालसम्म करीब नौ सय ४० क्वीन्टल चामल बिक्री भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय मुगुमा भदौ ३० गते बाट संचालन भएको सुपथ मुल्य पसलबाट उक्त परमाणमा चामल विक्रि भएको कम्पनी मुगुका सुचना अधिकारी मौषम माझिले बताए ।

उनका अनुसार सबै भन्दा बढी जिरा मसिनो चामल  बिक्री भएको छ । सुपथ मूल्य पसलबाट हरेक चामलको मूल्यमा प्रति १ केजि ५ रुपैँयाको छुटमा बिक्री भईरहेको छ ।

त्यस्तै हालसम्म २ हजार ७ सय ७३ लिटर तेल बिक्रि भएको उनले जनाए । सबै भन्दा बढि सुर्यमुखि तेल २ हजार ५ सय १४ लिटर बिक्री भएको छ । सुपथ मूल्य पसलबाट हालसम्म ६७ लाख ८० हजार रकम राजस्व संकलन भएको छ ।

बजारबाट महंगो मुल्यमा चामल किनेर उपभोग गर्दै आएका छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकाका स्थानियलाई यतिबेला राहत भएको बताइएको छ ।
 

Advertisment

थप समाचार