मुगु : नेपालीहरुको महान पर्व दशैँ र तिहारको अवसरमा हिमाली जिल्ला मुगुमा सञ्चालित सुपथ मुल्य पसलबाट हालसम्म करीब नौ सय ४० क्वीन्टल चामल बिक्री भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय मुगुमा भदौ ३० गते बाट संचालन भएको सुपथ मुल्य पसलबाट उक्त परमाणमा चामल विक्रि भएको कम्पनी मुगुका सुचना अधिकारी मौषम माझिले बताए ।
उनका अनुसार सबै भन्दा बढी जिरा मसिनो चामल बिक्री भएको छ । सुपथ मूल्य पसलबाट हरेक चामलको मूल्यमा प्रति १ केजि ५ रुपैँयाको छुटमा बिक्री भईरहेको छ ।
त्यस्तै हालसम्म २ हजार ७ सय ७३ लिटर तेल बिक्रि भएको उनले जनाए । सबै भन्दा बढि सुर्यमुखि तेल २ हजार ५ सय १४ लिटर बिक्री भएको छ । सुपथ मूल्य पसलबाट हालसम्म ६७ लाख ८० हजार रकम राजस्व संकलन भएको छ ।
बजारबाट महंगो मुल्यमा चामल किनेर उपभोग गर्दै आएका छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकाका स्थानियलाई यतिबेला राहत भएको बताइएको छ ।
Sponsored Advertisment