Below Menu
Below Menu

सुनको प्रतितोला दुई लाख ५० हजार नजिक, एकैदिन तोलामा आठ हजार एक सयले बढ्यो 

सुनको प्रतितोला दुई लाख ५० हजार नजिक, एकैदिन तोलामा आठ हजार एक सयले बढ्यो 

काठमाडौं  : नेपाली बजारमा मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज २७ गते सोमबार प्रतितोला दुई हजार ४०० रुपैयाँले बढेर तोलामा दुई लाख ४० हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला आठ हजार १०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १०५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

सोमबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार २२० रूपैयाँमा कारोबार भएको थियो। 

Advertisment

थप समाचार