Below Menu
Below Menu

हिमालयन लाइफ इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी दाहाललाई

हिमालयन लाइफ इन्स्योरेन्सको कामु सीईओको जिम्मेवारी दाहाललाई

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहाललाई दिइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमारलाल कर्णले असोज २७ गते सोमबार पदबाट राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मका लागि दाहाललाई कामु सीईओको जिम्मेवारी दिईएको हो । 

कर्मचारी र अभिकर्ताको आन्दोलनपछि हिमालयन लाईफ इन्स्योरेन्सका सीईओ मनोजकुमारलाल कर्णले पदबाट राजीनामा दिएका छन् । उनको राजिनामा सोमबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । 

गत बुधबारदेखि विभिन्न माग राख्दै कम्पनीका कर्मचारी र अभिकर्ताहरु आन्दोलनमा थिए । उनीहरुले कम्पनीले थेग्नैनसक्ने माग राखेपछि माग पुरा गर्न नसक्ने भन्दै कर्णले पदबाट राजीनामा दिएका हुन् ।

उनको राजिनामा स्वीकृत गर्दै सञ्चालम समितिले कम्पनीको दैनिक प्रशासकीय तथा व्यवस्थापकीय कामकाज गर्ने गरी नायव सीईओ दाहाललाई कामु सीईओको जिम्मेवारी तोकिएको हो । 

Advertisment

थप समाचार