Below Menu
Below Menu

यस वर्ष तिहारमा राष्ट्र बैंकले सुनका असर्फी बिक्री नगर्ने, चाँदीको मेडालियन मात्र वितरण गरिने

यस वर्ष तिहारमा राष्ट्र बैंकले सुनका असर्फी बिक्री नगर्ने, चाँदीको मेडालियन मात्र वितरण गरिने

काठमाडौं : नेपाल राष्ट्र बैंकले यस वर्ष तिहार लक्षित सुनका असर्फी वितरण नगर्ने भएको छ । सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको भएतापनि  यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको हो । 

राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक गरेको थियो । 

महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ कै दरले वितरण गरिने भएको छ । महाखाशाका अनुसार प्रतिव्यक्ति १ मात्रै वितरण गरिने छ । 

खरिद गर्न जाँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर जान महाशाखाले अनुरोध गरेको  छ ।
 

Advertisment

थप समाचार