Below Menu
Below Menu

टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुवै घट्यो 

टिकेन नेप्सेको वृद्धि, परिसूचक र कारोबार दुवै घट्यो 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ बिन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४४.२५ अंकले बढेर २५४७.६० बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ३३ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३२ करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा शुभम पावर र ग्रामिण विकास लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 

Advertisment