Below Menu
Below Menu

चालु खाता १३० अर्ब र शोधनान्तर स्थिति साढे एक खर्बले बचतमा 

चालु खाता १३० अर्ब र शोधनान्तर स्थिति साढे एक खर्बले बचतमा 

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता सवा एक खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । 

समीक्षा अवधिमा चालु खाता एक खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको छ । 

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.२ अर्ब २० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.१ अर्ब २० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु. एक अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) भित्रिएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु. २ अर्ब ७१ करोड रहेको थियो 

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१५३ अर्ब ६८ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१०१ अर्ब ७७ करोडले बचतमा रहेको थियो । 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको छ ।
 

Advertisment

थप समाचार