सुनको मूल्यमा दैनिक रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्यमा दैनिक रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज २८ गते मंगलबार प्रतितोला आठ हजार १०० रुपैयाँले बढेर तोलामा दुई लाख ४८ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार २४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ३२५ रूपैयाँमा कारोबार भएको थियो।