काठमाडौं : आज राति १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।
आसन्न चाडपर्वलाई मध्यनजर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत कायम गरिएको निगमले जनाएको छ ।
यससँगै पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५६.५०, दोस्रो १५८ र तेस्रोमा १५९ रुपैयाँ हुने भएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट १५ अक्टोबरमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २.५६ रुपैयाँ र डिजेलमा ०.२५ ले घटेर आएको छ ।
Advertisment