काठमाडौं : मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् भने सभामा सहभागी हुन पाउनेछन्।
बैंकले कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले साधारण सभा प्रयोजनका लागि असोज ३१ गते बुकक्लोज गर्दैछ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।
बैंकले सेयरधनीलाई १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४.६७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै सभामा बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्न, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्ज अथवा एक्वायर गर्ने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्यिारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु लगिने जनाइएको छ ।
Advertisment