काठमाडौं : मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।
Advertisment