सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला दुई लाख ५० हजार नाघ्यो 

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला दुई लाख ५० हजार नाघ्यो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज २९ गते बुधबार प्रतितोला चार सय रुपैयाँले बढेर तोलामा दुई लाख ४८ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार २७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

बुधबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार २४० रूपैयाँमा कारोबार भएको थियो।