Below Menu
Below Menu

कात्तिकका लागि वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

कात्तिकका लागि वाणिज्य बैंकहरुको ब्याजदर फेरी घट्यो, कुनको कति ? 

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोजको महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर घटेको छ ।

बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १४ बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ६ बैंकहरुले ब्याजदर यथावत राखेका छन् ।

कात्तिक लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.२० प्रतिशत रहेको छ । असोजमा यस्तो ब्याजदर औषत ५.४६ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.२६ बिन्दुले घटेको छ ।

त्यस्तै संस्थागतर्फ असोजका ३.८७ प्रतिशत रहेका बैंकहरुको ब्याजदर घटेर ३.६५ प्रतिशत विन्दुमा झरेको छ । संस्थागत मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२२ प्रतिशत बिन्दुले घटेको हो । संस्थापक तर्फ १० वटा बैंकहरुको ब्याजदर घटेको छ भने नौं वटाको यथावत रहेको छ । 

व्यक्तिगततर्फको मुद्दतीको निक्षेपको ब्याजदर घटाउने बैंकहरु 

कात्तिकका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरुमा माछापुच्छ्रे बैंक, एनएमबी, नबिल, प्राइम कमर्सियल, प्रभु बैंक,  सिटिजन इन्टरनेशनल बैंक, लक्ष्मी सनराइज, एभरेष्ट, नेपाल इन्भेष्टमेन्टमेन्ट मेगा, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई, सानिमा बैंक, र कृषि विकास बैंक रहेका छन् । 

संस्थापकतर्फको ब्याजदर घटाउने बैंकहरु

माछापुच्छ्रे बैंक, एनएमबी, नबिल, प्रभु बैंक, एभरेष्ट, एनआईसी एशिया, नेपाल एसबीआई, सानिमा बैंक, र कृषि विकास बैंक रहेका छन् । 

ब्याजदर यथावत राखेका बैंकहरु 

कात्तिकका लागि लागि नेपाल बैंक, सिद्धार्थ, राष्ट्रिय वाणिज्य, कुमारी, ग्लोबल आईएमई र हिमालयन बैंकले असोज महिनाकै ब्याजदरलाई यथावत राखेका छन् । 

सिद्धार्थ, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएका छन् । 

नयाँ ब्याजदर अनुसार ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ । नेपाल बैंकले व्यक्तिगत तर्फ ५.२५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ । 

त्यस्तै कुमारीले बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.०१ प्रतिशत र संस्थागत तर्फ ४.०१ प्रतिशत ब्याज दिने भएको छ भने हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ । 

अन्य बैंकहरुको ब्याजदर कति ?

प्रभु र कृषि विकास बैंकले व्यक्तिगत मुद्दती तर्फ ४.९५ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएका छन् भने एनआईसी एशिया बैंकले व्यक्तिगत तर्फ ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ  ।

लक्ष्मी सनराईज, नेपाल एसबीआई, एनएमबी र एभरेष्ट बैंक व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएका छन् ।

प्रकाशित नयाँ ब्याजदर अनुसार लागि प्राइम कमर्सियल र स्ट्याण्डर्ड चार्टर्ड  बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएका छन् । 

त्यसैगरी माछापुच्छ्रे र सिटिजन इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याज दिने भएका छन् भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ । 

नबिल बैंकले कात्तिकका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ४.९५ प्रतिशत र संस्थागत तर्फ ३.९२ प्रतिशत ब्याज दिने भएको छ भने सानिमा बैंकले  व्यक्तिगत मुद्दती निक्षेपमा ५.१५ प्रतिशत र संस्थागत तर्फ ३.४ प्रतिशत ब्याज दिने भएको छ । 

Advertisment

थप समाचार