काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। असोज ३० गते बिहिबार प्रतितोला दुई हजार रुपैयाँले बढेर तोलामा दुई लाख ५० हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात हजार १०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार ३५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहिबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार २७५ रूपैयाँमा कारोबार भएको थियो।
Advertisment