काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई १९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।
Advertisment