काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला चार हजार ८०० रुपैयाँले घटेको हो। त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार २७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार ३५०रूपैयाँमा कारोबार भएको थियो।
Advertisment