काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार २८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार २७५ रूपैयाँमा कारोबार भएको थियो।
Advertisment