एक महिनामै मोबाइल बैंकिङमार्फत चार खर्ब ६८ अर्बको कारोबार, साढे दुई लाखले बढे प्रयोगकर्ता  

एक महिनामै मोबाइल बैंकिङमार्फत चार खर्ब ६८ अर्बको कारोबार, साढे दुई लाखले बढे प्रयोगकर्ता  

काठमाडौं : एक महिनामै मोबाइल बैंकिङमार्फत साढे चार खर्बको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौंमा मोबाइल बैंकिङमार्फत चार खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । 

Sponsored Advertisement

यस अवधिमा मोबाइल बैकिङ प्रयोगकर्ता २ करोड ८२ लाख ४० हजार १०६ जना रहेका छन् । जुन गत साउनको तुलनामा दुई लाख ५१ करोड ३९८ ले बढी हो । साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७९ लाख ८८ हजार ७०८ रहेका थिए । 

यस अवधिमा कनेक्ट आइपीएसबाट दुई खर्ब १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै वालेट मार्फत ४३ अर्ब ३४ करोड रुपैयाँ, क्युआर मार्फत एक खर्ब एक अर्ब २३ करोड रुपैयाँ बराबरको कारोेबार भएको छ  । 

यसैगरी समीक्षा अवधिमा आरटीजीएस सिस्टममार्फत ८१ खर्ब ८७ अर्ब २५ करोड रुपैयाँ कारोबार भएकोमा र इन्टरनेट बैकिङमार्फत १९ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

थप समाचार