सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा साढे ११ हजार रुपैयाँले घट्यो 

सुनचाँदीको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा साढे ११ हजार रुपैयाँले घट्यो 

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा २६५ रुपैयाँले घटेको छ । 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला तीन हजार १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

कात्तिक ३ गते छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला तीन हजार २८० रूपैयाँमा कारोबार भएको थियो।