काठमाडौं : नेपाल राष्ट्र बैंकले छठ पर्वको सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै कात्तिक १० गते सोमबार बिदाको दिन पनि प्रणाली सुचारु राख्ने भएको हो ।
विभागले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।
Advertisment