Below Menu
Below Menu

वित्तीय खर्च कम हुँदा बलेफी हाइड्रोपावरले घटायो नोक्सानी, जगेडा कोष ऋणात्मक 

वित्तीय खर्च कम हुँदा बलेफी हाइड्रोपावरले घटायो नोक्सानी, जगेडा कोष ऋणात्मक 

काठमाडौं : बलेफी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनी ३९ करोड ३९ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ४४ करोड ८० लाख रुपैयाँ नोक्सानीमा थियो। यस अवधिमा कम्पनीको वित्तीय खर्च घट्दा नोक्सानी घट्न पुगेको हो। यद्यपी कम्पनीको विद्युत् बिक्री आम्दानी भने घटेको छ । 

यस अवधिमा कम्पनीले बिजुली बेचेर ८२ करोड ९० लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस्तो आम्दानी १.७६ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ८४ करोड ३९ लाख २९ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ७६ करोड २९ लाख ५८ हजार रुपैयाँबाट घटेर ५६ करोड ५२ लाख ९८ हजार रुपैयाँमा झरेको छ । 

अघिल्लो वर्ष आठ लाख ८६ हजार रुपैयाँ रहेको कम्पनीको अन्य आम्दानी भने बढेर १३ लाख ९६ हजार रुपैयाँ पुगेको छ । चौथो त्रैमाससम्म आइपुग्दा नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी १४ दशमलव ४५ रुपैयाँ ऋणत्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ६१ पैसा रहेको छ । 

असार मसान्तसम्म आइपुग्दा तीन अर्ब ६५ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ९२ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Advertisment

थप समाचार