सोल्टी होटलद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

सोल्टी होटलद्वारा बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं : सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते मंगलबार बसेको होटलको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३१.५७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

Sponsored Advertisement

होटलले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मङ्सिर २८ गते ५१ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले लागि मङ्सिर ५ देखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसनुसार मङ्सिर ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 

थप समाचार