सुनको मूल्य ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ओरालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला दुई हजार ९६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला दुई हजार ९२०रूपैयाँमा कारोबार भएको थियो।